+
+

शशांकको अभिव्यक्तिमाथि छलफल गर्दै निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १४:१७

२७ चैत, काठमाडौं । निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको बताएको छ ।

निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यसबारे छलफल गर्न केहीबेरमा पदाधिकारीहरुको बैठक डाकेको छ ।

‘हिजो कांग्रेस नेता शशांक कोइरालाले अघिल्लो (प्रतिनिधीसभा) निर्वाचनमा ६ करोड खर्च भयो भनेर दिनुभएको अभिव्यक्ति निकै संवेदनशील हो’ आयोग स्रोतले भन्यो, ‘एउटा खालको निर्वाचन खर्च पेश गर्ने, तर अहिले त्योभन्दा बढी खर्च भएको भनेर दलहरुकै शीर्ष नेताहरुबाट खुलासा हुन थालेपछि हामी पनि संवेदनशील हुनुपर्ने देखियो, त्यसैलाई केन्द्रमा राखेर छलफल गर्दैछौं ।’

निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नवित्दै केही जिल्लाहरुबाट उल्लंघनका घटनाहरु दर्ता भएका छन् ।

शुरुवातमा नै आचारसंहिता उल्लंघन भएपछि निर्वाचन नजिकिदै जाँदा त्यसलाई नियन्त्रण गर्न कठिनाई हुने भन्दै आयोगले छानविन र कारवाहीका लागि योजना बनाउन खोजेको हो ।

सरकार र विभिन्न पदमा रहेकाहरुले समेत आचार संहिता उल्लंघन गर्न थालेको भन्दै उजुरी परेका छन् । त्यसवारेमा पनि छलफल हुने आयोग स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?