+
+

नेपाल बास्केटबल लिग जेठमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १५:१९

२७ चैत, काठमाडौं । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा आउँदो जेठमा नेपाल बास्केटबल लिग (एनबीएल) हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल बास्केटबल पुरुषतर्फको प्रतियोगिता जेठ ७ गतेदेखि र महिला नेपाल बास्केटबल लिग जेठ १८ गतेदखि हुने जानकारी दिएको हो ।

यसअघि पुरुषको दुई र महिलाको एक संस्करण आयोजना भइसकेको छ । तर कोभिड–१९ का कारण बिचमा प्रतियोगिता निरन्तर हुन सकेन । र झन्डै तीन वर्षपछि नेपाल बास्केटबल लिग कोर्टमा फर्कन लागेको हो ।

दुई महिनासम्म संचालन हुने एनबीएल नेपालकै ठुलो बास्केटबल लिग भएको आयोजकको दाबी छ । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोबिनको आधारमा प्रतियोगिता होम एण्ड अवे प्रणालीमा खेलिने छ । शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन् ।

त्यसपछि लिगमा प्लेअफका खेलहरु असर ३२ बाट सुरु हुने छ । प्रतियोगितामा पुरुषतर्फ ५६ र महिलातर्फ २० लिग खेल हुने छन् । लिगमा पुरुषतर्फ साविक विजेता टाइम्स इन्टरनेशनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेशनल क्लब, रोयल बास्केटबल क्लब, बूढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, कीर्तिपुर बास्केटबल क्लब, बिशाल मिलन केन्द्र र क्याम्पियन सोलोले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसएस नेपालको सहभागिता पक्का भएको छ भने एक टिमको निश्चित हुन बाँकी रहेको आयोजकले जानकारी गरेको छ ।

प्रतियोगितामा एक टिमले ४ जना विदेशी खेलाडी राख्न पाउनेछन् । जसमा दुई जनाले एकैपटक खेल्न पाउने आयोजकले जनाएको छ । एक टिममा कूल १४ खेलाडी हुनेछन् । पुरुषको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने महिलाको विजेताले १ लाख पाउने छन् । पुरुषतर्फ दोस्रो हुने टिमले १ लाख र महिला तर्फ दोस्रो हुनेले ५० हजार पाउने छन् । हरेक खेलमा महत्वपूर्ण खेलाडीले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गर्ने छन् ।

लिगका उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीले समान १० हजार बराबरको गिफ भौचर प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि बी सोलुसन टाइटल स्पोनसरको रुपमा रहेको छ । बी सोलुसनले १० लाख रुपैयाँ उपलब्ध गराउने आयोजकले जनाएको छ । यस्तै लि निङ किट पार्टनरको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?