+
+

सुजन चापागाईंले ल्याए बसाइँसराइको कथामा ‘घुमी घुमी’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १७:३५

काठमाडौं । ‘तीनपाते’ गीतबाट चर्चामा आएका गायक सुजन चापागाईं आफ्नो नयाँ गीत ‘घुमी घुमी’ लिएर आएका छन् । लोक फ्युजन शैलीको यो गीत उनले शनिबार आफ्नो युट्युब च्यानलमा रिलिज गरेका हुन् ।

म्युजिकल फिल्म भनिएको १७ मिनेट २८ सेकेण्ड लामो गीतलाई हर्क साउदले लेखेका हुन् भने सुजन र शान्तिश्री परियारले स्वर भरेका छन् । सुजनकै संगीत रहेको गीतलाई गंगा थापाले एरेञ्ज गरेका छन् ।

यसअघि सुजनका चर्चित गीत ‘तीनपाते’ र ‘बाफ’को भिडियोलाई निर्देशन गरेका नवीन चौहानले यो गीतलाई निर्देशन गरेका छन् । भिडियोमा अभिनेता विपिन कार्की र कलाकार अञ्जना बराइलीले जबर्जस्त अभिनय गरेका छन् । नवीनसँग विपिनको यो दोस्रो सहकार्य हो । यसअघि नवीनले नै निर्देशन गरेको ‘बटौली’मा विपिनले अभिनय गरेका थिए ।

‘घुमी घुमी’ले नेपाली समाजको कथालाई फरक ढंगले प्रस्तुत गरेको गायक सुजनले बताए । बसाइँसराइको आन्तरिक पाटो र यसका प्रभावबारे केलाउँदै लोक संस्कृति, लोक विभार र लोक भावनाको विषय म्युजिकल फिल्ममा समेटिएको उनले बताए ।

भिडियोमा विपिन र अञ्जनासँगै सम्रान्त थापा र हर्क साउदले समेत अभिनय गरेका छन् । महेश पौडेलले खिचेको भिडियोलाई सुरज पौडेलले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?