+
+

६० वर्षको उमेरमा ३० वर्षजस्तै तन्नेरी !

वैज्ञानिकले पत्ता लगाए अनौठो प्रविधि

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १३:४५

२८ चैत, काठमाडौं । वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसबाट तपाईको उमेर ३० वर्ष घट्नेछ  अर्थात् यदि तपाई ६० वर्षको हुनुहुन्छ भने ३० वर्षको जस्तै तन्नेरी देखिनुहुनेछ ।

बेलायतको बाब्राहाम इन्स्टिच्युटका वैज्ञानिकहरु वृद्धलाई तन्नेरी बनाइदिने यस प्रविधिलाई टाइम जम्प नाम दिएका छन् । यो प्रविधिले वृद्ध व्यक्तिको शरीरको छालालाई ३० वर्षे तन्नेरीको जस्तो बनाइदिन्छ र त्यहीँ बमोजिम सक्रियसमेत बन्दछ ।

उक्त इन्स्टिच्यूटमा सञ्चालिन इपिजेनेटिक्स अनुसन्धान कार्यक्रम अन्तरगत वैज्ञानिकहरुले मानव सरीरका पूराना कोषिकाहरुलाई नयाँ कोषिकामा पुनर्स्थापित गर्ने कोसिस गरिरहेका छन् । जसबाट अणुको तहमा मानिसले आफ्नो जैविक उमेर नगुमाओस् ।

30 years younger

इ लाइफ जर्नलमा प्रकाशित शोध अनुसार हाल उक्त अनुसन्धान तथा प्रविधि प्रारम्भिक अवस्थामा छ । यसले आगामी दिनमा उमेर कम गराउने रिजेनेरेटिभ औषधिहरुको भविष्य नै परिवर्तन गरिदिने वैज्ञानिकको भनाई छ ।

हम्रो उमेर बढ्दै जाँदा हाम्रा शरीरका कोषिकाहरुको काम गर्ने क्षमतामा पनि ह्रास हुँदै जान्छ । सरीरका कोषिका तथा जिनमा समेत बुढोपना आउँदछ । रिजेनेरेटिभ बायोलोजीको उद्धेश्य शरीरका पूराना कोशिकाको ठाउँमा नयाँ कोषिका हाल्नु वा पूरानो कोशिकाको मर्मत गर्नु । यो काममा हाम्रो सरीरले पनि सहयोग गर्दछ । यसलाई इन्ड्युस्ड स्टेम सेल भनिन्छ ।

30 years younger

इन्ड्युस्ट स्टेम कोषिकाको प्रक्रिया विभिन्न चरणमा पूरा हुन्छ । यी कोशिकाहरु यतिधेरै सक्षम हुन्छन् कि कुनैपनि प्रकारका कोशिकामा आफूलाई बदल्न सक्दछन् । जसबाट पूराना कोषिकालाई हटाएर नयाँ कोषिका बन्दछन् ।

30 years younger

नोबेल पुरस्कार विजेता वैज्ञानिकद्धारा विकसित यो प्रविधिले बुढ्यौलीपनको समस्यालाई अन्त्य गर्ने क्षमता राख्दछ । सामान्य कोषिकालाई यस प्रकारका रिप्रोग्रामिङ कोशिकामा परिणत गर्ने काम पहिलोपटक सन् २००७ मा शिन्या यामानाकाले गरेका थिए ।

30 years younger

उनले सामान्य कोशिकालाई इन्ड्युस्ड स्टेम सेलमा बदलिदिएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?