+
+

शाओमी १२ र शाओमी १२ एक्स नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १७:११

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो  फ्ल्यागसिप फोन, शाओमी १२ र शाओमी १२ एक्स सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफिक र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागसिप प्रोसेसिङ पावरको साथ यी दुवै फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले शाओमीमा नयाँ–नयाँ प्रविधि र नयाँ–नयाँ फिचर भएको फोन लिन चाहने उपभोक्ताका लागि सधैं टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फमेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित रहेको बताए ।

यही सिलसिलालाई निरन्तरता दिँदै कम्पनीले फ्ल्यागसिप शाओमी १२ र शाओमी १२ एक्स सार्वजनिक गरिएको उनले बताए ।

उनले भने, ‘उत्कृष्ट क्यामेराहरू संयोजन गरेर प्रदर्शनी र नवीनतालाई जोड दिंदै  शाओमी १२ र शाओमी १२ एक्समा १३ एमपी अल्ट्रा-वाइड एंगल क्यामेरा छ। दुवै उपकरणमा उन्नत Qualcomm® SnapdragonTM सुविधाहरू छन् र डिस्प्लेमेटले ए प्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले रहेको छ । जसले ट्रु कलर सपोर्ट गर्दछ।  यी दुवै उपकरणहरूको कम्प्याक्ट बडी डिजाइनमा ४५०० एमएएच ब्याट्रीहरू फिट हुन्छन्।’

सिनेम्याटिक शट एनि टाइम

शाओमी १२ र शाओमी १२एक्सबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिन्छ, चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृष्य होस्। दुवै फोनमा बहुमुखी सुटिङका लागि प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० एमपी प्रमुख क्यामेरा छन् । जसले शाओमी १२ मा ८के रेकर्डिङ क्षमता प्रदान गर्दछ । शाओमी १२ र शाओमी १२ एक्सले १३ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, ५एम्पी टेलिम्याक्रो क्यामेरासहित जीवनलाई विभिन्न दृष्टिकोणबाट चित्रण गर्ने मौका प्रदान गर्छ।

प्रभावशाली हार्डवेयर बाहेक यो फोनमा अत्याधुनिक एआई अल्गोरिदम छ जसले प्रयोगकर्ताहरूलाई हरेक पल रेकर्ड गर्न पहिले भन्दा सजिलो बनाउँदछ । शाओमी प्रो फोकसले वस्तुहरू पहिचान र ट्र्याक गर्दछ र धमिलो वा फोकस बाहिरको शटहरू रोक्न मद्दत गर्छ।

शाओमी १२ र शाओमी १२ एक्स दुवै आँखा र अनुहार स्वत: फोकस पनि समावेश छ। यसको साथै यसमा भएको वान क्लिक सिनेमा पिफ्चरमा प्यारालल वर्ल्ड, प्रिफ्ज प्रफ्मे भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामर्थ्य राख्छ।

फ्ल्यागसिप प्रोसेसिङ

फ्ल्यागसिप फोनको अनुभव लिन फ्ल्यागसिप पर्फमेन्स चाहिन्छ। शाओमी १२ र शाओमी १२एक्स दुवैमा उन्नत Qualcomm® SnapdragonTM  प्रोसेसर छ – जुन  Qualcomm को सबैभन्दा लेटेस्ट मोबाइल प्लेटफर्म हो ।

यसमा भएको ४एनएमको प्रोसेसरले जीपीयू ग्रापिफ्क रेन्डरिङ क्षमतालाई ३० प्रतिशितसम्म बढाउनुको साथै पहिलाको फोन को तुलनामा यसमा २५ प्रतिशत बढी  ब्याट्री टिक्छ। साथै यसमा भएको यूएफएस ३.१ स्टोरेज र एलपीडीडीआर५ र्‍यामले एप लोडिङ र डेटा ट्रान्स्पफ्रको स्पिड बढ्नुका साथै उत्कृष्ट  मेमोरी स्पिड  प्रदान गर्छ भने सुपर लार्ज भेपर च्याम्बर र ग्रेफाइटको थुप्रै लेयर भएको हाइ पर्फर्मिंग कुलिङ सिस्टमले फोन धेरै तात्नबाट बचाउँछ।

असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्स

यी दुवै फोनमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटिमा कैद गर्ने मात्र नभई हरेक पलहरु पुनः जीवित गराउँदछ। ट्रु कलर सपोर्ट गर्ने र डिस्प्लेमेटले एप्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले भएको हुँदा यसमा स्पष्टसँग भिडियो हेर्न सकिन्छ । साथै यसमा र्स्क्याच रेसिस्टान्ट Corning® Gorilla® Glass Victus® राखिएको हुँदा स्क्रीन कोरिने चिन्ता हुँदैन ।

शाओमी १२ र शाओमी १२एक्स दुवैले ६.२८-इन्च फुल- एचडी प्लस डिस्प्लेहरूमा करोडौं भन्दा बढी रङहरूसहित शाओमी  को अहिलेसम्मको सबैभन्दा रंगीन स्मार्टफोन डिस्प्ले प्रदान गर्दछ ।

यसमा डल्बी एट्मस® पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ जसले इमर्सिभ अडियो एक्स्पिरियन्स प्रदान गर्छ । यो फोनको साउन्डमा रिच डिटेल, क्लारिटी र रियालिजम छ । शाओमी १२ र शाओमी १२एक्स दुवैले इमर्सिभ गेमिङ वा भिडियोका लागि सन्तुलित स्टेरियो साउण्ड प्रदान गर्दछ ।

प्रयोगकर्तालाई थप अनुकुलन थप अनुभव प्रधान गर्न शाओमी १२ र शाओमी १२एक्स मा एमआईयूआई १३ समावेश गरिएको छ जुन यसै वर्ष विश्वव्यापी रुपमा रिलिज भएको थियो । एमआईयूआई १३ ले फोनमा चाँडो स्टोरज गर्न, ब्याकग्राउन्ड प्रोसेसिङ उच्च प्रभावकारी रुपमा र स्मार्ट तरिकाले गर्न र ब्याट्रि लाइपफ् लामो बनाउने काम गर्छ । साथै यसमा शाओमीको प्रोप्राइटरी लिक्विड स्टोरेज, अटोमाइज्ड मेमोरी, फोकस्ड अल्गोरिदम र स्मार्ट ब्यालेन्स जस्ता नयाँ फिचरहरु पनि छन् ।

नेक्स्ट लेभल चार्जिङ स्पिड

शाओमी १२ र शाओमी १२एक्स दुवैमा नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी छ जसले गर्दा यसले पुरा दिन प्रो–ग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्न सक्छ । शाओमी १२ र शाओमी १२एक्स दुवैले छिटो पावर-अपको लागि ६७ डब्ल्यू वायर्ड टर्बो चार्जिङ सपोर्ट गर्दछ। यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स चार्जिङको सुविधा पनि छ । यसको एड्याप्टिभ चार्ज पिफ्चरमा भएको स्मार्ट चार्जिङ एल्गोरिथ्मले  ब्याट्रिको शेल्पफ् लाइपफ् पनि बढाउँछ ।

आइकोनिक डिजाइन

यसको डिजाइन प्रयोगकर्तालाई मध्यनजर गरी औसत नेपालीको हातमा आरामसँग अटाउने आकारको रहेको छ । त्यसैले यसलाई पोर्टेबल पकेट–साइज स्टुडियो पनि भन्न मिल्छ । यसको स्लिम र उच्च क्षमताको ब्याट्री अनि सानो रिज ग्यापले स्क्रिनको स्पेस पनि राम्रोसँग सेभ गरेको छ । यसको ६.२८ इन्चको डिस्प्ले मात्र ६९.९ एमएम चौडाइ रहेको छ जसलाई यसको स्मूथ कर्भले आकर्षक देखाएको छ ।

कति छ मूल्य ? 

कम्पनीका अनुसार शाओमी १२ र शाओमी १२एक्स ८जीबी प्लस २५६ जीबी भेरियन्टमा उपलब्ध रहेको छ । शाओमी १२ दुई रंग ग्रे र पर्पलमा उपलब्ध रहेको छ । शाओमी १२एक्स तीन रंग ग्रे, पर्पल र निलोमा उपलब्ध हुनेछ ।

शाओमी १२ को मूल्य ९२ हजार ९९९ र शाओमी १२एक्सको मूल्य ७६ हजार ९९९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?