+
+

भैरहवामा भइरहेको क्रिकेटमा एकै ओभरमा गयो ६ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १७:१३

२८ चैत, काठमाडौं । ब्याट र बलको खेल क्रिकेटमा हरेक खालका सम्भावनाहरु हुन्छन् । अनि कीर्तिमान पनि उत्तिकै बन्छ । क्रिकेट एक ओभरमा ६ बल हुन्छ र ओभरमा बढीमा ६ विकेट लिन सकिन्छ ।

६ बलमा ६ विकेट लिएको घटना बिरलै सुन्न पाइन्छ । तर भैरहवामा भइरहेको शेन वार्नको स्मृतिमा जारी प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा भने मलेसिया ११ ले एकै ओभरमा विपक्षीको ६ विकेट लिएको छ ।

भारतको पुश स्पोर्ट्स दिल्ली विरुद्धको खेलमा मलेसियाका विरनदिप सिंहले बलिङ गरेको अन्तिम ओभरमा ६ विकेट गएहो हो । विरनदिपले उक्त ओभरमा ह्याट्रिकसहित ५ विकेट लिँदा एक खेलाडी रन आउट भएका थिए ।

दुई ओभरमा मात्र बलिङ गरेका विरनदिपले ९ रन खर्चेर ५ विकेट लिए ।

अन्तिम ओभर अघि जम्म ३ विकेट गुमाएको पुश स्पोर्टसले अन्तिम ओभरमा ६ विकेट गुमाएपछि निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

मलेसिया ११ ले जवाफी ब्याटिङ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?