+
+

माओवादीको सर्कुलर : एक्लै लड्नु परे केन्द्रको स्वीकृति लिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते ११:४९

२९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनावमा सत्ता गठबन्धनमा तालमेलका लागि जोड दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार जारी गरेको विशेष परिपत्रमा तालमेललाई प्राथमिकता दिइएको छ भने एक्लै लड्नुपर्ने अवस्थामा केन्द्रको स्वीकृति लिन भनिएको छ ।

‘गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने,’ परिपत्रमा भनिएको छ, ‘केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरुबीच स्वस्थ प्रतिष्पार्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने ।’

प्रदेश समितिका नाममा जारी परिपत्रमा सबै उम्मेद्वारहरुको सिफारिस बैशाख ५ गते भित्र गरिसक्नु पर्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?