+
+

नवलपरासी पूर्वमा ब्याडमिन्टन प्रतियोगिता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १२:४२

२९ चैत, नवलपरासी । नवलपरासी पूर्वमा नयाँ वर्ष २०७९ को अवसरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

मौलाकालिका ब्याडमिन्टन संघ गैंडाकोट र गैंडाकोट राइजिङ स्टार स्पोर्टस क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा विभिन्न तीन विधामा झण्डै दुई सय प्रतियोगी सहभागी हुनेछन् ।

प्रतियोगितामा मेन्स डबल बी, मेन्स डबल्स सी र भेट्रान्स गरी तीन विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको मेन्स डबल बीतर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाउने प्रचारप्रसार समितिका संयोजक विष्णु लम्सालले जानकारी दिए । यसै गरी मेन्स डबल सी तर्फ पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन् ।

४५ वर्षमाथिका खेलाडीबीच हुने भेन्ट्रान्स समूहको प्रथमलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार दिने आयोजकले जानकारी दिएको छ ।

गैंडाकोट नगरपालिका- १ स्थित प्राप्तिका कर्भड हलमा वैशाख १ गते विहान ८ बजे प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?