+
+

१५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १९:३६

२९ चैत, पर्सा । प्रहरीले १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-४ बस्‍ने २२ वर्षीय आदेश पटेल रहेका छन् ।

पीडित बालिकाको अभिभावकको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पटेलले बालिकालाई पिछा गरी गोठमा दाउरा लिन पुगेको समयमा करणी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनमाथि जबरजस्ती करणी उद्योग कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?