+
+

गोदावरीका तत्कालिन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १७:४८

३० चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिमा अनियमितता भएको आरोपमा ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गोदावरी नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले गोदावरी नगरपालिकाको तत्कालिन प्रशासकिय अधिकृत खेमराज विष्ट, देवराज जोशी, तत्कालिन इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि ७४ लाख ४१ हजार रुपैयाँ विगो मागदावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?