+
+
Shares

पर्सामा गठबन्धन नस्वीकार्ने कांग्रेस नेताहरुको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १८:००

३० चैत, वीरगञ्ज । नेपाली कांग्रेस पर्साका केही नेताहरुले स्थानीय तह चुनावमा गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ (नेपाली), क्षेत्र नं. १ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेश सभा क्षेत्र नं. १ को र २ को (क) र (ख ) का क्षेत्रीय सभापतिहरुले गठबन्धन अस्वीकार गर्ने बताएका हुन् ।

‘साथीहरुको भावना विपरीत निर्वाचनमा समाहित भए पार्टीप्रति ठूलो घात हुने देखिन्छ’, उनीहरुले भनेका छन्, ‘पर्सामा कुनै पनि गठबन्धन स्वीकार नरहेको जानकारी हामी यही विज्ञप्तिमार्फत पार्टी केन्द्रीय कार्यालयलाई गराउछौं ।’

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का सभापति गुप्ताले कांग्रेस आफैं बलियो पार्टी भएकोले पर्सामा अरुको साथ आवश्यक नभएको बताए ।

वीरगञ्जका बुथ सभापति पनि गठबन्धनको विरोधमा

सरकारमा रहेका दलहरुसँग मिलेर चुनाव लड्ने कि नलड्ने भनेर नगर कार्य समितिले वीरगञ्ज महानगरको ३२ वटै वडाका बुथ सभापतिको राय सुझाव लिएको थियो ।

३२ वटै वडाबाट गठबन्धनमा चुनाव लड्ने भन्ने सुझाव नआएको महानगर सभापति मनिन्द्रलाल श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गठबन्धनको चर्चाले उल्टै कार्यकर्तामा निराशा छाएको कांग्रेस महानगर समिति सभापति श्रेष्ठ बताउँछन् ।

तर कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी पार्टीले गर्ने निर्णय सबैले मान्ने भन्दै भने कुनै पनि नेता पार्टीको निर्देशन विपरीत नजानेमा आफू ढुक्क रहेको बताए । गठबन्धन नमान्ने भनेर पार्टीकै केही नेताहरुले निकालेको विज्ञप्ति भावनात्मक भएको उनले बताए ।

‘स्थानीय तहको चुनाव हो, ५ वर्षदेखि चुनाव लड्ने भनेर तयारी गरेका छन् । भावनात्मक हिसाबले उनीहरुले आफ्नो कुरा राखेका हुन् । आफ्नो विचार राख्ने अधिकार उनीहरुलाई छ’, उनले भने, ‘अन्त्यमा पार्टी केन्द्रले जे निर्णय गर्छ, जस्तो निर्देशन दिन्छ मान्नुको विकल्प छैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?