+
+
Shares

पोखरा महानगरपालिकामा एमालेको उम्मेद्‍वार छान्न चुनाव हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते २०:१५

१ वैशाख, पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेद्‍वार सिफारिस गर्न सहमति नभएपछि अब चुनावबाट उम्मेद्‍वार सिफारिस हुने भएको छ ।

मेयर र उपमेयरको उम्मेद्‍वार चयन गर्न शुक्रबार दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

पोखराको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, प्रा. डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामाले आकांक्षा राखेका छन् ।

प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।

त्यस्तै, उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उपमेयर पदमा आकांक्षा राख्दै निवेदन दिएका छन् ।

एमालेमा मेयरको उम्मेदवार सम्बन्धित नगर कमिटीले तीन जनाको नाम सिफारिस गर्ने र केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने व्यवस्था छ । तर आकांक्षी धेरै भएपछि र सहमति हुन नसकेपछि चुनावबाट उम्मेदवार टुंगो लगाउन लागिएको एमाले स्रोतले बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?