+
+

परिणाम देखिने गरी चुनावमा होमिन प्रचण्डको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते ११:२६
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । फाइल तस्वीर

२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र स्थानीय तहको चुनावका लागि छिटो उम्मेदवार चयन गर्न केन्द्रित हुने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा शुक्रबार बिहान बसेको पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको हो ।

‘जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्ने भन्ने भएको छ,’ एक नेताले भने । उनका अनुसार शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरुका बीचमा छलफल गर्ने र अन्य नेताहरु जिम्मेवारी अनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको छ ।

पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरपालिकामा केन्द्रबाटै उम्मेदवार टुंगो लगाउने तय भएको छ । तर, कुन–कुन पालिकाको नेतृत्व कुन–कुन पार्टीले लिने भनेर भागबण्डा मिलिसकेको छैन ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले एकताबद्ध भई परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिएका थिए । सत्ता गठबन्धनका दलहरुबीच तालमेल नभए एमालेसँग तालमेल नगर्ने बरु एक्लै चुनाव लड्नुपर्ने प्रचण्डले बताएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?