+
+

९ वैशाखसम्म एमाले नयाँ कार्यालयमा सरिसक्ने

नेकपा एमालेले पार्टी स्थापना दिवस नयाँ पार्टी कार्यालयमा मनाउने भएको छ । एमालेले वर्षेनि ९ वैशाखमा पार्टी स्थापना दिवस मनाउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १३:३९

२ वैशाख, काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस नयाँ पार्टी कार्यालयमा मनाउने भएको छ । एमालेले वर्षेनि ९ वैशाखमा पार्टी स्थापना दिवस मनाउँछ ।

‘यसपटकको पार्टी स्थापना दिवस नयाँ कार्यालयमा मनाउने तयारी छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । उनका अनुसार, अहिले पनि पार्टी कार्यालय सार्ने काम चलिरहेको छ ।

एमालेले केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सार्दैछ । नयाँ कार्यालयमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवको कार्यकक्ष बनिसकेको रिजालले बताए ।

गएको वर्ष एमालेको कार्यालय थापाथलीमा सरेको थियो । बल्खुस्थित केन्द्रीय कार्यालय २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएपछि केही वर्ष एमालेले धुम्बाराहीबाट केन्द्रीय कार्यालय चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?