+
+

सामसङ इलेक्ट्रोनिक्सले जित्यो एकैपटक ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १७:२६

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडल सहित ७१ वटा अवार्ड जित्न सफल भएको छ । जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिडिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्से टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायतक बिषयमा यी अवार्ड हात पार्न सफल भएको हो ।

जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आइएफ) मा उसले विभिन्न नौ वटा विधामा ती अवार्ड हात पारेको हो । त्यसमध्ये प्रोटेवल स्क्रिन द फ्रीस्टाइल, मोवाइल फोन ग्यालेक्सी जेड फि्ल्प ३ र वायरलेस भ्याकुम किलनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो । प्रतियोगितामा सामसङका ५५ देसका ११ हजार सवमिसन मध्येवाट ती अवार्ड हाल परेको हो ।

डिजाइन अवार्डका नौ विधामा उत्पादन, प्याकेजिङ, सञ्चार, ब्यवसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरुमा भिन्नता र प्रभावको ब्यापक मूल्याङकन थिए ।

त्यसक्रममा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरुलाई नवीन प्रविधिहरुसँग जोड्नु महत्वपूर्ण भएको बताए । उनले भने, ‘हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिवद्ध छौं जसले ग्राहकहरुको विभिन्न मागहरु पुरा गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?