+
+

कैलालीमा जसपासहित मधेश केन्द्रित ४ दलको छुट्टै गठबन्धन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते १९:०९

३ वैशाख, धनगढी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा मधेशकेन्द्रित दलहरुले छुट्टै गठबन्धन बनाउने सहमति गरेका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउदै मधेशवादी दलहरुसँग तालमेल गर्ने सहमति गरेको हो ।

जनता समाजवादी पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग गठबन्धन गरेर चुनावी तालमेल गर्ने भएको छ ।

शनिबार धनगढीमा संयुक्त पत्रकार सम्मेलन गर्दैै चार वटै पार्टीले चुनावी तालमेल गर्ने सहमति भएको जनाएका छन् । उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा आवश्यकता अनुसार अरु दलहरुसँग पिन गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरिएको छ ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?