
४ वैशाख, काठमाडौं । साडियो मानेको दुई गोल मद्दतमा म्यानचेष्टर सिटीलाई हराएर लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो सेमिफाइनलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-२ ले पराजित गरेको हो ।
वेम्बली स्टेडियममा भएको खेलमा इब्राहिमा कोनाले नवौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यसपटि मानेले १७औं र ४५औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ३-० को अग्रता बनायो ।
सिटीका लागि ४७औं मिनेटमा ज्याक ग्रेलिस र इन्जुरी समयमा सिटीका सिल्भाले गोल गरे ।
लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4