+
+

पुरस्कारको अफरसहित फिल्म ‘प्रेमगन्ज’को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते ८:५०

काठमाडौं । भदौ ३ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘प्रेमगन्ज’को टिजर सार्वजनिक भएको छ । शनिबार राजधानीमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

यो टिजर जोकसैले डाउनलोड गरेर प्रयोग गर्दा पनि कपिराइट नलाग्ने बरु उल्टै पुरस्कार पाइने निर्माण पक्षले जनाएको छ ।

युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर सबैभन्दा धेरै दर्शकलाई देखाउनेहरुलाई २५ हजार, १४ हजार र १० हजार रुपैयाँ पुरस्कार दिइने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठले बताए । यो अफर वैशाख ३ गतेदेखि सुरु भएर साउन २५ गतेसम्म चल्नेछ । श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग ‘प्रेमगन्ज भदौ ३’, ‘प्रेमगन्ज हेर्ने दिन’ भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ ।

भिडियो बुढासुब्बा युट्युब च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ ।

राजु फुयालको प्रस्तुति रहेको प्रेमगन्ज फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको यस फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन छ । सञ्जय लामाले छायांकन गरेका छन् ।

प्रेमगन्जको टिजर हेर्दा दुई पुस्ताको प्रेम कथामा आधारित फिल्म भएको अनुमान लगाउन सकिन्छ । फिल्ममा सुरक्षा पन्त, बेनिशा हमाल, सम्पदा बानियाँ, नवप्रवेशी तेज गिरी, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?