+
+

टम रोथ बने बुण्डेसलिगामा डेब्युमै गोल गर्ने कान्छा खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १२:५२

४ वैशाख, काठमाडौं । बोरुसिया डर्टमण्डका टम रोथ बुण्डेसलिगा डेब्युमै गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

शनिबार भएको खेलमा डर्टमण्डले वल्फ्सवर्गलाई ६-१ ले पराजित गर्दा रोथले पनि गोल गरेका थिए ।

डर्टमण्डका लागि पहिलो खेल नै रोथका लागि सम्झनलायक बन्यो । डर्टमण्डका यी टिनएजरले १७ वर्ष १६९ दिनको हुँदा डेब्यु गर्दै गोल गरेका हुन् ।

पहिलो रोजाइमै खेलेका रोथले २४औं मिनेटमा गोल गर्दै टिमको लागि गोलको खाता खोलेका थिए । खेलपछि रोथले अद्भुत अनुभूति भएको स्वीकार गरे ।

रोथेले आफ्नो प्रभावशाली डेब्यु पछि स्काई स्पोर्ट्स जर्मनीलाई भने, ‘जब तपाईं यहाँ आफैं दौडनुहुन्छ, यो अद्भुत छ ।’ उनले आफ्नो डेब्यु राम्रो भएको पनि प्रतिक्रिया दिए ।

डर्टमण्डका प्रशिक्षक मार्को रोसले खेलपछि टम रोथको प्रशंसा गरे । डेब्युमै गोल गरेपछि टम रोथलाई अझ सजिलो हुने प्रशिक्षक मार्को रोसले बताए । ‘गोल गरेपछि उसले सायद अझ बढी सुरक्षित अनुभूति गरेको छ’ उनले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?