+
+

एकीकृत समाजवादीको दाबी : पोखरा महानगर र तीन उपमहानगरको नेतृत्व चाहिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १७:२४
संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल

४ वैशाख, काठमाडौं । एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ । महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेल सहभागी भएका थिए । बैठकमा नेताहरुले पोखरा महानगरको नेतृत्व पाउनुपर्ने दाबी गरे । इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयरको उम्मेदवारहरु आफूहरुलाई चाहिने एकीकृत समाजवादीको दाबी छ ।

बैठकमा संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वभाविक दाबी गर्न नहुने र पार्टीको समर्थनको ठूलो पङ्ति हुन्छ भन्ने बिर्सन नहुने बताएका थिए । तर एकीकृत समाजवादीका नेताहरुले वृहत शान्ति सम्झौतापछि शान्ति प्रक्रियामा आएको माओवादीलाई संसदमा ८२ सिट दिएको स्मरण गर्दै आफूहरुको विद्रोहलाई बुझ्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?