+
+

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १७:३०
फाइल तस्वीर

काठमाडौं । नेपाल टेलिकमले सबै सेवा प्रदायक नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’सहितको स्प्रिङ अफर ल्याएको छ ।

कम्पनीका अनुसार यो अफर मंगलबारदेखि सुरु हुनेछ । ५९९ देखि १ हजार ४९९ रुपैयाँसम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश रहेको कम्पनीको भनाइ छ ।

९९९ र १ हजार ४ सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनी भित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ । यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा प्याक अवधिमा ४०० वटा र एक हजार वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?