+
+

देशको राजनीति लिकबाहिर गइसक्यो : हृदयेश त्रिपाठी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १८:०२

४ वैशाख, सप्तरी । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देशको राजनीतिक लिकभन्दा बाहिर गइसकेको टिप्पणी गरेका छन् । त्यसलाई लिकमा नल्याए जतिखेर पनि दुर्घटना हुन सक्ने उनको भनाइ छ ।

राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले राजनीति लिकबाहिर गएपनि कसैलाई चिन्ता नभएको बताए । ‘न्यूनतम एजेन्डामा राष्ट्रिय सहमति बनाएर राजनीतिलाई लिकमा ल्याउनु जरुरी छ’ उनले भने, ‘तर यसतर्फ कसैको ध्यान छैन ।’

राजनीतिलाई लिकमा नल्याए देशमा दुर्घटना हुने र अहिलेसम्मको उपलब्धी गुम्न सक्ने उनले बताए । केही शक्तिले उपलब्धीमाथि नै प्रहार गर्न खोजेको उनको भनाइ छ ।

‘केही शक्ति यस्ता छन्, जसलाई संघीयता, गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र मन परेको छैन्’ उनले भने, ‘ती शक्तिले उपलब्धीमाथि प्रहार गर्न खोजेका छन् । उपलब्धीलाई बचाइराख्न सबैलाई एकजुट हुनु जरुरी छ ।’

अध्यक्ष त्रिपाठीले देशको संविधान घाइते बन्दै गएको पनि बताए । सर्वाेच्च अदालतले पनि संविधानलाई घाइते बनाएको उनको भनाइ छ ।

‘विघटन भएको प्रतिनिधिसभालाई पुनर्स्थापना गर्न सर्वाेच्चले आदेश दिन सक्छ । तर, कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्दैन’ उनले भने, ‘यो अधिकार प्रतिनिधिसभालाई थियो । तर, सर्वाेच्च अदालतले संविधानलाई त्यहीं संशोधन गरिदियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?