+
+

वीर अस्पतालबाट भागेका थुनुवा बुढानीलकण्ठबाट पक्राउ

प्रहरीले वीर अस्पतालबाट उपचारको क्रममा फरार भएका थुनुवालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १८:४७

५ वैशाख, काठमाडौं । प्रहरीले वीर अस्पतालबाट उपचारको क्रममा फरार भएका थुनुवालाई पक्राउ गरेको छ ।

इन्द्रावती गाउँपालिका-३ घर भई केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका ४५ वर्षीय थुनुवा राजेश तिरुवालाई बुढानीलकण्ठ-१२ राधाकृष्ण मन्दिर नजिकबाट जिल्लारीय प्रहरी परिसरको विशेष टोलीले सोमबार पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा थुनामा रहेका तिरुवाले आफूलाई प्यारालाइसिस भएको भन्‍दै गत चैत २९ गते वीर अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि श्री केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौंमा पठाइएको जिल्ला प्रहरी परिसर काठडमाडौंका प्रवक्ता एवं एसपी दिनेशराज मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?