+
+

सकियो भक्तपुरको बिस्का: जात्रा (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ वैशाख ५ गते २०:१९

५ वैशाख, भक्तपुर । भक्तपुरको बिस्काः जात्रा सोमबार सकिएको छ ।  २७ चैतमा सुरु भएको जात्रा आठ रात नौ दिनपछि सकिएको हो ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।

रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ । जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन् ।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल लैजाने गरिन्छ, जुन टोल लगिन्छ त्यही टोल विजयी भएको मानिन्छ ।

हेर्नुस् तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?