+
+

आईपीएल : बटलरको शतक र चहलको ह्याट्रिकमा राजस्थानको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ६:५९

६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न नाइटराइडर्स विरुद्धको खेलमा राजस्थान रोयल्सले ७ रनको रोमाञ्चक जित हासिल गरेको छ । जोस बटलरको शतक र यजुवेन्द्र चहलको ह्याट्रिक विकेटको मद्दतमा राजस्थानले जित हासिल गरेको हो ।

राजस्थानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २१७ रन बनाएको थियो । जोस बटलरले ६१ बलमा १०३ रन बनाए । यो जारी आईपीएलमा दोस्रो शतक हो । यसैगरी कप्तान सन्जु स्यामसनले १९ बलमा ३८ रन योगदान गरे ।

बलिङतर्फ सुनिल नरिनले २ विकेट लिए ।

२१८ रनको विजय लक्ष्य पछ्याउने क्रममा कोलकाताका यरोन फिन्च र श्रेयस अय्यरले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरे । फिन्चले २८ बलमा ५८ र अय्यरले ५१ बलमा ८५ रन जोडे । नितिश राणाले १८ र उमेश यादवले २१ रन बनाए ।

म्याचको १७ औं ओभरमा आइपुग्दासम्म कोलकाताको स्थिति मजबुत जस्तो देखिएको थियो । तर १७ औं ओभरको अन्तिम तीन बलमा युजवेन्द्र चहलले ह्याट्रिक विकेट लिएर खेल राजस्थानको पक्षमा पार्न सफल भए । चहलको नाममा ५ विकेट रह्यो । उनी प्लेअर अफ दी म्याच भए ।

चहलले श्रेयस अय्यर, शिवम मावि र प्याट कमिन्सलाई लगातार आउट गरेर ह्याट्रिक गरेका हुन् । आईपीएलको इतिहासमा यो २१ औं ह्याट्रिक हो । राजस्थानको बलरले ह्याट्रिक विकेट लिएको भने यो पाँचौ पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?