+
+

बझाङमा भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ६:५८

६ वैशाख, काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको उनले बताए ।

भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए/नभएको विवरण भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?