+
+

सिद्धार्थनगरको मेयर उम्मेदवारमा कांग्रेसबाट खान सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १०:५६

६ वैशाख, बुटवल । सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले संविधान सभा सदस्य इस्तियाक अहम खानलाई उम्मेद्वार सिफारिस गरेको छ । सुरुमा कांग्रेस रहेका खान केही वर्ष राप्रपामा थिए ।

उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खांणले बताए ।

यसअघि सिद्धार्थनगरमा एमालेले मेयर पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस गरि पठाएको छ । एमालेबाट कसले टिकट पाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

राप्रपाले भने पूर्व मेयर सागरप्रताप राणालाई उठाउने तयारी गरेको छ । सिद्धार्थनगरमा जसपा गठबन्धनबाट अलग भएको छ । तर उसले उम्मेदवार टुंगो लगाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?