+
+

महिलाको अनौठो सोख, भान्साकोठामा ५० मुसाको लालनपालन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते ११:२४

काठमाडौं । कतिपय मानिसको रुचि नै अनौठो खालको हुन्छ । केही मानिसको जनावरप्रति निकै ठूलो लगाव हुन्छ । घरमा कुकुर, बिरालो जस्ता साथी जनावर पाल्ने सोख हुने मानिसहरु अधिकांश हुन्छन् । कतिपयले विभिन्न चराचुरुंगी पनि पालेका हुन्छन् घरमा । तर एकजना महिला यस्ती छिन् जसले आफ्नो घरको भान्सा कोठामा ५० वटा मुसा पालेकी छिन् ।

आमरुपमा हामीले घरमा छिरेका मुसा भगाउन तथा मार्न अनेक जुक्ति लगाउँदछौं । तर अमेरिकन महिला मिसेन रेबोनले भने घरमा निकै मिहिनेत गरेर मुसा पालेकी छिन् ।

५१ वर्षकी मिसेलले भान्साकोठामा पालेका मुसालाई निकै माया गर्छिन् र आफ्नै बच्चालाई जस्तो देखभाल गर्दछिन् । उनले ती मुसालाई ‘बेबी’ भनेर बोलाउँछिन् ।

अनौठो त के भने उनले मुसासँगै एउटा बिरालो पनि पालेकी छिन् । बिरालोले मुसा खाइदिनुपर्ने हो । तर उनकोमा त मुसा र बिरालो नै मिलेर खेल्दछन् ।

अमेरिकी सेनाबाट अवकाशप्राप्त मिसेल जनावरप्रेमी हुन् । उनले घरमा ५० मुसा र ३ बिरालोसँगै ४ वटा कुकुर, दुईवटा सुँगुर, दुईवटा भेंडा, दुईवटा बाख्रा, १५ वटा हाँस तथा २५ वटा कुखुरा लगायतका विभिन्न पशुपंक्षी पालेकी छिन् । उनले सन् २०१८ मा पहिलोपटक घरमा एउटा भाले र एउटा पोथी मुसा ल्याएकी थिइन् । तिनै दुईवटा मुसाबाट अहिले त्यहाँ ५० जना मुसाको परिवार बनेको छ ।

मिसेल रेबोनले आफ्नो भान्साकोठाको बेसिनमा पानी भरेर मुसालाई नुहाइदिने गर्दछिन् । मुसालाई स्नान गराइरहेको भिडियो उनले फेसबुकमा शेयर गरेकी छिन् जुन निकै भाइरल बनेको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?