+
+

सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १७:५८

७ वैशाख, जनकपुरधाम । चार महिना पहिला नै सामाजिक सुरक्षा भत्ता पठाइसक्दा पनि वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले स्थानीय कुमारी बैंकमा ताला लगाएका छन् ।

मेयर संजीव साहले चार महिना अघि नै सामाजिक सुरक्षा भत्ता बैंकमा पठाउँदा पनि वितरण गर्न कुनै तदारुकता नदेखाएको भन्दै बुधबार कुमारी बैंकमा ताला लगाएका हुन् । उनले भंगहा नगरपालिकाको सितापुरस्थित कुमारी बैंकमा ताला लगाएका हुन् ।

चार महिनाअघि नै नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बितरण गर्नका लागि बैंकमा रकम पठाइसकिएको बताए । ‘भत्ता लिन पटक-पटक ज्येष्ठ नागरिक धाइरहेका छन्, तर बैंकले नदिँदा बाध्य भएर ताला लगाएको छु’ उनले भने ।

मेयर साहले ताला लगाएपछि बैंकको सेवा प्रवाह ठप्प भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?