+
+

मुख्यमन्त्री बीवाइसी महिला गोल्डकप : एपीएफ उपाधि नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते २१:३४

धनगढी । विभागीय टोली नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक राखेको छ ।

बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।

एपीएफ आर्मीलाई ३–२ ले हराउँदै फाईनलको यात्रा तय गर्न सफल रह्यो । एपीएफलाई उपाधि नजिक पुर्‍याउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिन् । यस्तै सावित्रा भण्डारीले एक गोल गरिन् ।

आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काइन् । एपीएफका लागि सरुले पहिलो हाफको २३ औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाईन् । त्यसको ११ मिनेटपछि खेलको ३४ औं मिनेटमा सरुले नै व्यक्तीगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफमा २–० ले अगाडी रहेको एपीएफले दोस्रो हाफमा गोल थप्यो । खेलको ७१ औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता तेब्बर बनाईन् । खेलको ८७ औं मिनेटमा आर्मीका लागि सपना लामाले गोल गर्दै अग्रता घटाइन् ।

अतिरिक्त समयको ९२ औं मिनेटमा आर्मीका लागि हेमा चौधरीले अर्को गोल गर्दै गोल अन्तरलाई एकमा झारिन् । त्यसपछि गोल हुन नसकेपछि एपीएफ ३–२ को जित निकाल्दै फाइनलमा पुग्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी एपिएफकी सरु लिम्बु प्लेयर अफ द म्याच भईन् । उनले नगद ५ हजार सहित ट्रफी पाइन् । वनदेवी युवा क्लबको आयोजनमा भईरहेको प्रतियोगिता अन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ । विहीबार हुने दोस्रो सेमिफाइनलमा आयोजक वनदेवी युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नेछ ।

प्रतियोगितामा ओम्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।

धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?