+
+

रियल मड्रिड ला लिगा उपाधि नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते ८:१५

८ वैशाख, काठमाडौं । करिम बेन्जेमाले पेनाल्टी गुमाएपछि ओसासुनालाई ३-१ ले पराजित गर्दै रियल मड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ ।

यस जितले रियल ३५औं ला लिगा उपाधि जित्ने संघारमा छ । खेलमा रियलले ३ गोल गर्दै जितेपनि उत्कृष्ट लयमा रहेका बेन्जेमाले भने दोस्रो हाफमा १० मिनेटको अन्तरमा दुई पेनाल्टी मिस गरे ।

रियलका लागि डेविड अलावाले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर एक मिनेटपछि एन्टे बुडिमिरले ओसासुनाका लागि बराबरी गोल फर्काए ।

त्यसपछि मार्को असेन्सियोले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै रियललाई अग्रता दिलाए ।

बेन्जेमाले ५२औ र ५९औं मिनेटमा पेनाल्टी नगुमाएको भए रियलले अझ अग्रता बढाउने थियो । खेलको इन्जुरी टाइममा लुका भज्क्वेजले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।

जितपछि लिग लिडर रियलको ३३ खेलबाट ७८ अंक छ । जुन दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा १७ अंङ्कले बढी हो । एट्लेटिकोले बाँकी ५ खेल जितेपनि रियललाई भेट्ने छैन । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३१ खेलबाट ६० अंक छ ।

अब रियललाई ३५औं ला लिगा जित्न ४ अंक मात्र आवश्यक छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?