+
+

यस्तो छ एमालेको नयाँ पार्टी कार्यालय (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ वैशाख ८ गते १९:४१

८ वैशाख, काठमाडौं । नेकपा एमाले भोलिदेखि नयाँ पार्टी कार्यालयमा सर्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टी स्थापना दिवसको अवसर पारेर एमाले सर्न लागेको हो ।

नयाँ कार्यालयबाट एमालेले स्थानीय चुनावका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टी कार्यालयमा पदाधिकारीहरुको कार्यकक्ष निर्माण भइरहेको छ । कार्यालयमै २०० जनासम्म अट्ने सभाहल रहने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

पार्टी कार्यालय परिसरमा निर्माण र साजसज्जाको काम पनि भइरहेको छ । २०७२ को भूकम्पले बल्खुस्थित मूख्यालय क्षतिग्रस्त भएपछि एमालेले केही वर्ष धुम्बाराहीबाट कार्यालय चलाएपछि गएको वर्ष थापाथली सरेको थियो । तर थापाथलीस्थित कार्यालय साँघुरो भएको भन्दै एमाले च्यासलमा सर्न लागेको हो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?