+
+

वीरेन्द्रनगरको मेयर उम्मेदवारमा ३ दलका १३ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते ६:४४

१० वैशाख, सुर्खेत । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलहरूले आफ्ना उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि तीन दलले १३ जनाको नाम सिफासिर गरेका छन् ।

नेपाली कांग्रेसबाट सात जना, नेकपा एमाले र एकीकृत समाजवादीबाट तीन/तीन जनाको नाम मेयर उम्मेदवारका लागि सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र)ले भने हालसम्म आफना उम्मेदवार टुंगो लगाउन सकेको छैन् ।

सत्ता गठबन्धन दलभित्र नगरको नेतृत्व कसले लिने भन्नेबारे भागबन्डा टुंगो लाग्न सकेको छैन् । तर सत्ता गठबन्धन दलहरूले भने आ-आफ्ना उम्मेदवारको नाम सिफारिस गरेका छन् ।

सर्वाधिक चासोका साथ हेरिएको वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिस गरिएको छ । सत्ता गठबन्धनमा भागबन्डा मिल्न नसकेपछि कांग्रेस सुर्खेतले पालिकाहरूलाई उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको थियो ।

सोही अनुसार कांग्रेस वीरेन्द्रनगर नगर कमिटीले शुक्रबार मेयरका लागि ७ जनाको नाम सिफारिस गरेको हव । सुरुमा कमिटीले हरी विष्ट, उपेन्द्र खड्का र चाँदनी ढकालको नाम सिफारिस गरेको थियो ।

तर पार्टीभित्रकै केही नेताहरूले आपत्ति जनाएपछि थप चार जनाको नाम थपिएको छ । जसमा गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्री रहेका छन् । पछि थप गरिएका चारै जनाको नाम २०७४ को स्थानीय तह निर्वाचनमा समेत चार्चमा थियो । अन्तत देवकुमार सुवेदीले टिकट पाएर मेयरमा जितेका थिए ।

यस्तै नेकपा एमालेले पनि मेयर उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । एमालेका जिल्ला अध्यक्ष अमृत बिसी, हाल उपमेयर रहेकी मोहनमाया ढकाल र कुलमणि देवकोटाको नाम मेयरको उम्मेवारका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।

‘मेयरका लागि तीन जनाको नाम सिफारिस गरेका छौं, अब उपमेयरसहितका जनप्रतिनिधिका उम्मेदवार शनिबार नै टुंगो लगाउँछौं’ अध्यक्ष बिसीले अनलाइनखबरसँग भने ।

उनका अनुसार जिल्लाका अन्य पालिकाका प्रमुख/उपप्रमुखका उम्मेदवारको टुंगो शनिबारसम्म लगाइने छ ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले पनि वीरेन्द्रनगरको मेयर र उपमेयरको उम्मेदवारका लागि नामहरू सिफारिस गरिसकेको छ ।

धना शाही, खगेन्द्र पोखरेल र सुरेन्द्र बिसीको नाम वीरेन्द्रनगरको मेयरको उम्मेदवारको लागि सिफारिस गरिएको एकीकृत समाजवादी सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले जानकारी दिए ।

उनका अनुसार वीरबहादुर राना भोटे, नन्दा रेग्मी र रामुकमार दलार्मको नाम उपमेयरको उम्मेदवारका लागि सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रले भने वीरेन्द्रनगरको मेयर र उपमेयरको लागि नाम टुंग्याइसके पनि सार्वजनिक भने गरेको छैन । ‘मेयर र उपमेयरको लागि नाम टुंगो लागी सकेको छ, सिफारिस गर्न बाँकी छ । तर अन्तिम निर्णय गठबन्धनले नै गर्छ,’ माओवादी केन्द्र सुर्खेतका जिल्ला इन्चार्ज सुदीप मल्लले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?