+
+

राजस्थान आईपीएलको शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते ७:३५

१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ ।

शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २२३ रनको विशाल लक्ष्य दिल्लीले पूरा गर्न सकेन । दिल्ली ८ विकेट गुमाएर २०७ रनमा समेटिएको हो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले ४४, पृथ्वी शाले ३७ र डेविड वार्नरले २८, ललित यादवले ३७, रोमन पोविलले ३६ रन जोडेका थिए । अन्य खेलाडीले भने राम्रो अंक जोड्न सकेनन् ।

राजस्थानका प्रसिद्ध कृष्णले तीन, रविचन्द्रन आश्विनले २, युजभेन्द्र चाहल र ओबेद मककायले समान एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको राजस्थानले जोस बटलरको शतकीय मद्दतमा २ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

ओपनर जोस बटलर एक्लैले विस्फोटक ब्याटिङ गर्दै ११६ बनाएर आउट भए । आईपीएल २०२२ मा बटलरको यो तेस्रो शतक हो ।  देवदत्त पाडिक्कले ५४, सञ्जु सामसनले ४६ रन जोडे ।

दिल्लीका मुस्ताफिर रहमान र खलिल अहमदले एक/एक विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?