+
+

बुद्ध एयरको जहाजको सिटमा भेटियो १० हजार ८ सय अमेरिकी डलर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १७:५२

११ वैशाख, काठमाडौं । भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो ।

यस्तो रकम १० हजार ८ सय अमेरिकी डलर हुन आउँछ । यो रकम शनिबार साँझ बरामद भएको प्रहरीले जनाएको छ ।

जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको हो । बुद्ध एयरका अनुसार यो रकम एयर होस्टेसले फेला पारेर ग्राउण्ड इन्चार्जलाई बुझाएका थिए । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको रोहवरमा नेपाल प्रहरीलाई बुझाइएको थियो ।  प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जानकारी गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?