+
+

मनोनयनको पहिलो दिन कास्कीमा निर्वाचन कार्यालय सुनसान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १९:२६

११ वैशाख, पोखरा । पोखरा महानगरसहित कास्कीका अन्य पालिकामा ठूला दलले मनोनयनको पहिलो दिन उम्मेदवारी दर्ता नगर्दा निर्वाचन अधिकृत कार्यालय सुनसान बनेको छ ।

सत्ता साझेदारी ५ दलबीच भागबण्डामा सहमति जुट्न सकेको छैन भने नेकपा एमालेले पनि रुपा गाउँपालिकाबाहेक अन्य पालिकामा जनप्रतिनिधि टुंगो लगाउन सकेको छैन ।

मनोनयन दर्ताको दिनसम्म ठूला दलले जनप्रतिनिधिको टुंगो लगाउन नसक्दा पहिलो दिन साना दल र स्वतन्त्र उम्मेदवारले मात्रै मनोनयन दर्ता गरेका हुन् । पोखरा महानगर प्रमुखका लागि १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा चार जना दलका उम्मेदवार र ६ जना स्वतन्त्र रहेको पोखराका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

उनका अनुसार पोखरा महानगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिनेमा गनेस पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ छन् । पौडेल स्वतन्त्र उम्मेदवार अभियान ‘अटेरी अभियान’का संयोजक हुन् भने कार्की नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका हुन् । पार्टी नेतृत्वले पार्टीको हितविपरीत गठबन्धन गरेकाले आफूले उम्मेदवारी दिएको उनले बताएका छन् ।

निर्वाचन अधिकृत भट्टराईका अनुसार सञ्जय तिमिल्सिनाले मौलिक जरोकिलो पार्टीबाट, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, मंगोल नेसनल अर्गनाइजेसका प्रेमप्रसाद गुरुङले मेयरमा उम्मेदवार दर्ता गराएका छन् ।
त्यस्तै, पोखरा महानगरको उपप्रमुखमा २ जनालेमात्रै उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दिनेमा सचेत नेपाली पार्टीबाट सोनी परियार र मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट रामबहादुर तामाङ छन् ।

कास्कीका रुपा गाउँपालिकामा एक जना वडासदस्यको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत रुद्रप्रसाद अधिकारीले जानकारी दिए । रुपा गाउँपालिका वडा नम्बर ५ को वडा सदस्यका लागि गोपीलाल जोशीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मादी गाउँपालिकामा २ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत दुर्गाप्रसाद भट्टराईले जानकारी दिए । उम्मेदवारी दिनेमा मादी गाउँपालिका प्रमुखका लागि सुनिल ढकाल र वडा नम्बर ३ को वडाध्यक्षका लागि बुद्धिप्रसाद लामिछाने छन् । दुवैले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

अन्नपूर्ण गाउँपालिकामा एकजना गाउँपालिका प्रमुखसहित ३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यका अनुुसार अध्यक्षमा उम्मेदवारी दिनेमा राप्रपाका पूर्णचन्द्र चुवाई छन् । त्यस्तै, अन्नपूर्ण १ को वडाध्यक्षका लागि दिपेश दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने सोही वडाको वडासदस्यका लागि राप्रपाका जीवन कुँवरले उम्मेदवारी दर्ता गरेको आचार्यले जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिकामा २ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत नवराज दंगालले जानकारी दिए । उनका अनुसार पालिका प्रमुखका लागि उम्मेदवारी दर्ता गर्नेमा मंगोल नेसनल अर्गनाइजेसनका डमराज मगर र माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ को वडाध्यक्षका लागि पदम गुरुङ छन् ।

पोखरा महानगरसहित कास्कीका अन्य पालिकामा ठूला दलले मनोनयनको पहिलो दिन नाम दर्ता नगर्दा मनोनयन दर्तास्थल सुनसान बनेको थियो । ठूला दल भनिएका सत्ता साझेदारी ५ दलबीच भागबण्डामा सहमति जुट्न सकेको छैन भने नेकपा एमालेले रुपा गाउँपालिकाबाहेक अन्य पालिकामा जनप्रतिनिधि टुंगो लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?