१२ वेशाख, पोखरा । नेपाली कांग्रेसले कास्कीमा पोखरा महानगरपालिकाको मेयर बाहेक अरु पदमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।
केन्द्रीय सत्ता गठबन्धनको निर्णय भएकाले पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवारलाई नै समर्थन गर्ने र बाँकी सबै पालिका तथा वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसको कास्की जिल्ला सभापति किशोरदत्त बरालले जानकारी दिए ।
कांग्रेसले पोखरा महानगरपालिकाको प्रमुख लगायत सबै पालिका र वडामा नेतृत्व गर्नुपर्ने मागसहित नेता कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा आइतबार तालाबन्दी तथा नाराबाजी गरेका थिए ।
‘कार्यकर्ताको नियमित दबाव र मागअनुसार पोखराको मेयरबाहेकमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्यौं,’ बरालले भने, ‘कार्यकर्ताको दबाव खप्न सकेनौं । गठबन्धनमा पनि कुरा मिलिरहेको थिएन । अब पोखराबाहेक सबै पालिका र वडामा कांग्रेस उम्मेदवार हुन्छन् ।’
प्रतिक्रिया 4