+
+
Shares

कास्की–२ मा मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्की क्षेत्र नम्बर २ को मतगणना पोखराको ड्यामसाइडस्थित सिचाइँ कार्यालयमा सुरु भएको छ।

२२ फागुन, पोखरा । कास्की क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । कास्की–२ मा ५२ हजार ७ सय ३७ मत खसेको छ । पोखराको ड्यामसाइडस्थित सिचाइँ कार्यालयमा मतगणना थालिएको हो । यो क्षेत्रमा ८४ हजार १ ३४ मतदाता थिए ।

कास्की–२ मा नेकपा एमालेबाट रश्मि आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल, नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, नेपाली कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा पराजुली (आमोद), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमजङ गुरुङ, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङलगायत १७ जना प्रतिस्पर्धी छन् ।

यो क्षेत्रमा यसअघि एमालेले जित्दै आएको थियो ।

कास्की २ को मतगणना वडा नम्बर ३३ बाट सुरु भएको हो । यो वडालाई एमालेको प्रभाव क्षेत्र मानिन्छ र यहाँबाटै एमाले उम्मेदवार रश्मि आचार्य, नेकपाबाट आमोद उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?