
वैशाख ११, सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानमा गठबन्धन नगर्ने भएको छ । प्रदेशमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको विषयमा छलफल चलिरहेका बेला सल्यानमा माओवादीले गठबन्धन तोड्दै केही ठाउँमा उम्मेदवारी दर्ता गरेको छ ।
माओवादी केन्द्रले एकल रुपमा दार्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाका वडाध्यक्ष र सदस्यहरुका लागि मनोनयन दर्ता गराएको हो ।
माओवादीले अध्यक्षमा निमबहादुर केसी, उपाध्यक्षमा जुना मल्ललाई उम्मेदवार बनाएको छ । केसी यसअघि पनि गाउँपालिका अध्यक्ष रहेका थिए ।
त्यस्तै वडा नं. १ मा टङ्क ओली, वडा नं. २ मा सार्की खत्री, वडा नं. ३ मा पोखरबहादुर खत्री, वडा नं. ४ मा चन्द्रबहादुर रावत, वडा नं. ५ सुदिप केसी र वडा नं. ६ मा देवी केसीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर बस्नेतले फेसबुकमा स्टाटस लेख्दै सल्यानमा गठबन्धन नमान्ने र माओवादी एक्लै लड्ने बताएका थिए । माओवादीले अन्य पालिकाहरुमा भोलि एकल उम्मेदवारी दिने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4