+
+
Shares

काभ्रेको नमोबुद्धमा मेयरका आकांक्षी पाण्डे कुटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते २१:१६

११ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा टिकट वितरण सम्बन्धी विवादमा नेपाली कांग्रेसबाट मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन् । कांग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाले उनीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा उपचार भइरहेको छ । घाइते पाण्डेले अनलाइनखबरलाई बताएअनुसार आइतबार साँझ बनेपा भिलेज रिसोर्टमा गठबन्धनको बैठक बसिरहेको थियो ।

‘उहाँ एक्कासी म भएतिर आउनु भयो, मैले दाइ नमस्ते भन्दै थिएँ, उहाँले केही नभनी मुक्का हान्नुभयो’ पाण्डेले भने, ‘उहाँले हानेपछि सँगै भएका अरुले पनि हातमा जे जे छ, त्यसले हिर्काए ।’

पाण्डेले आफूलाई किन लामाले हिर्काए भन्ने थाहा नभएको बताए । कुटिएका पाण्डेले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा किटानी जाहेरी दिने तयारी गरेका छन् । अहिले प्रहरी पनि घटनास्थलमा पुगेको छ ।

पाण्डे कांग्रेस नेता गणेश लामा पक्षधर मानिन्छन् भने कुन्साङ लामा तीर्थ लामा पक्षका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?