+
+

सल्यानको कुमाखमा विप्लव नेतृत्वको नेकपा र जनमोर्चाबीच गठबन्धन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते ८:०३

१२ वैशाख, सल्यान । सल्यानको कुमाख गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका स्वतन्त्र उम्मेदवार र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने भएको छ ।

आइतबार नेकपाका स्वतन्त्र उम्मेदवार भीम भारती र जनमोर्चाका जिल्ला अध्यक्ष ढकन प्रसाद शर्माबीच गठबन्धनको सहमति भएको हो ।

सहमतिअनुसार जनमोर्चाले कुमाख गाउँपालिकाको वडा नम्बर ६ मा नेतृत्व लिने र पालिका तथा अन्य वडाको नेतृत्व नेकपाका स्वतन्त्र उम्मेदवारले लिने छन् ।

एकअर्कालाई स्थानीय तह निर्वाचनमा सहयोग र समर्थन गर्ने सहमतिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?