+

लाजियोमाथि पुनरागमन जितसहित एसी मिलान शीर्ष स्थानमा उक्लियो

२०७९ वैशाख  १२ गते ८:०६ २०७९ वैशाख १२ गते ८:०६
लाजियोमाथि पुनरागमन जितसहित एसी मिलान शीर्ष स्थानमा उक्लियो

१२ वैशाख, काठमाडौं । सान्ड्रो टोनालीले इन्जुरी टाइममा गोल गरेपछि एसी मिलानले इटालियन सिरी ए मा लाजियोमाथि २-१ को पुनरागमन जित निकालेको छ ।

लाजियोले घरेलु मैदानमा सुरुमै अग्रता लिए पनि जोगाउन सकेन । ओलभिर जिरुड र सटोनालीको गोलमा जित हात पार्दै मिलान भने शीर्ष स्थानमा फर्किएको छ । मिलानले इन्टर मिलानलाई दुई अंकले पछि पारेको छ ।

खेलको चौथो मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै घरेलु मैदानमा लाजियोलाई अग्रता दिलाएका थिए । यस सिजन इम्मोबाइलको यो २६औं गोल हो ।

पहिलो हाफमा उक्त अग्रता कायम रहे पनि दोस्रो हाफमा मिलानले पुनरागमन गर्‍यो । ५०औं मिनेटमा ओलिभर जिरुडले मिलानका लागि बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी टाइममा टोनालीले गोल गर्दै एसी मिलानलाई २-१ को जित दिलाए ।

जितपछि ३४ खेलमा ७४ अंक जोड्दै मिलान शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको इन्टर ७२ अंकसहित दोस्रोमा छ । लाजियो ३४ खेलबाट ५६ अंकसहित सातौं स्थानमा छ ।

एसी मिलान लाजियो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय