१२ वैशाख, काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरूङले सोमबार मनोनयन दर्ता गरेका हुन् ।
मनोनयन गर्न जाने क्रममा मेयरका उम्मेदवार थापाले २५ वर्षपछि पोखराको मेयरमा प्रतिस्पर्धा गर्न पाउनुलाई शौभाग्य ठानेको बताए ।
उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङले आफूलाई उठ्ने रहर नहुँदा पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4