+
+

वीरेन्द्रनगरको मेयर र उपमेयरमा एमालेबाट उम्‍मेदवारको मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १५:०८

१२ वैशाख, सुर्खेत ।  वैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

मेयरका उम्मेदवार मोहनमाया ढकाल र उपमेयरका उम्मेदवार नीलकण्ठ खनालले सोमबार मनोनयन दर्ता गरेका हुन् ।

उनीहरु एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए ।

ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

मनोनयन गर्न जाने क्रममा मेयरका उम्मेदवार ढकालले पाँच वर्ष उपमेयर भएर चलाएकाले मेयर नगरको विकास र संमृद्धिका लागि काम गर्ने बताइन् ।

मनोनयन दर्तापछि उनले आफ्नो जित सुनिश्चित भएको दावीसमेत गरिन् । ‘गठबन्धन भित्र गडबड छ, जनताले पहिलेपनि सर्वाधिक मत दिनुभएको थियो, अब नदिने त कुरै छैन्, हाम्रो जित सुनिश्चित छ’ मेयरका उम्मेदवार ढकालले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?