+
+

सिद्धार्थनगरको मेयरमा एमालेका बस्याल र राप्रपाका राणाले गरे मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १८:१०

१२ वैशाख, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा एमालेबाट डा. रामप्रसाद बस्याल र उपमेयरमा उमा अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार भैरहवास्थित बालमन्दिरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै एमालेबाट १३ वटै वडाध्यक्ष र सदस्यहरुमा पनि उम्मेदवारी दिएको छ ।

वडा अध्यक्षमा क्रमशः अर्जुन गुरुङ, दीपककुमार थापा, थानेश्वर पौडेल, मिलन बस्नेत, चेतबहादुर क्षेत्री, रामदयाल गुप्ता, हरि काफ्ले, उमेश थापा मगर, शेषकान्त भण्डारी, सुर्जमान यादव, दिलिप कुमार यादव, कुमार गुरुङ र शतिष मर्सानीले मनोनयन दर्ता गरेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सिद्धार्थनगर नगरपालिकाको मेयरमा सागरप्रताप राणा र उपमेयरमा बिनिता गुप्ताले उम्मेदवारी दिएका छन् । राणा सिद्धार्थनगरको पूर्व मेयर हुन् । उनी पार्टीका जिल्ला अध्यक्ष समेत हुन् ।

गुप्ता पार्टी नगर कमिटी सदस्य हुन् । राप्रपाले १३ वटै वडामा अध्यक्ष र सदस्यहरुमा पनि उम्मेदवारी दिएको छ ।

वडाध्यक्ष उम्मेदवारहरुमा क्रमशः सुमित प्रधान, छेदिलाल श्रीवास्तव, नारायणप्रसाद उपाध्याय, मुक्तिनाथ यादव, विश्वप्रकाश श्रेष्ठ, दिलिप मल्लिक, चन्द्रभक्त श्रेष्ठ, मेघनाथ आचार्य, प्रभात ज्ञवाली, चन्द्रशेखर प्रसाद पाण्डे, गनेश यादव, बलराम शर्मा र मदन श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?