+
+
स्थानीय तह निर्वाचन २०७९ :

कुन पदमा, कुन दलले कति उम्मेद्वारी दिए ? (विवरणसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते ७:४५

१३ वैशाख, काठमाडौं । स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारहरुको दावेदारी बढी देखिएको छ । प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेद्वारीको संख्या निकै ठूलो छ भने अरु पदमा एमालेको मनोनयन संख्या बढी देखिन्छ ।

एकीकृत समाजवादीको मनोनयन निकै नगन्य देखिन्छ । देशभरबाट मनोनयनको विवरण संकलन र अद्यावधिक हुने क्रम जारी भएकाले अन्तिम विवरणमा भने केही फरक पर्नसक्ने देखिन्छ ।

अनलाइनखबरलाई देशभरबाट आज बिहानसम्म प्राप्त विवरण भिडाएर हेर्दा, नगरपालिकाहरुको प्रमुख (मेयर) पदमा प्रमुख तीन दलको मनोनयनको भन्दा दोब्बरको संख्यामा स्वतन्त्र उम्मेद्वारी परेको छ ।

विभिन्न ठाउँमा तालमेल गरेका कारण सत्तारुढ कांग्रेस र गठबन्धनका अरु दलको तुलनामा एमालेको मनोनयन केही बढी देखिन्छ । कम सिट पाएकाले माओवादी केन्द्र र एकीकृत समाजवादीको विवरण ठूलो संख्यामा देखिंदैन ।

नगर प्रमुख (मेयर)
दलको नाम उम्मेद्वारी संख्या
स्वतन्त्र १२६९
नेकपा (एमाले) २७५
नेपाली कांग्रेस २५२
राप्रपा २३६
अन्य १२१७
कूल ३२५०

यस्तै नगरपालिकाहरुको उपप्रमुख पदमा पनि प्रमुखकै हाराहारीमा मनोनयन दर्ता भएको छ । उपप्रमुख पदमा समेत स्वतन्त्रत उम्मेद्वारहरुको संख्या बढी छ । त्यसपछि एमाले, कांग्रेस र माओवादी केन्द्र छन् । तालमेलका क्रममा कांग्रेसले प्रमुख पद दावी गरेका कतिपयमा माओवादी केन्द्रले उपप्रमुख पाएकाले चौथो क्रममा माओवादी केन्द्र परेको छ ।

नगर उपप्रमुख (उपमेयर)
दलको नाम उम्मेद्वारी संख्या
स्वतन्त्र ३५७
नेकपा (एमाले) २७०
राप्रपा २१६
कांग्रेस २०१
अन्य ९५२
कूल १९९७

गाउँपालिकाहरुको अध्यक्ष पदमा समेत स्वतन्त्र र त्यसपछि एमाले अगाडि देखिएको छ । त्यसपछि कांग्रेस, माओवादी केन्द्र लगायतका दल छन् ।

गाउँपालिका अध्यक्ष
दलको नाम उम्मेद्वारी संख्या
स्वतन्त्र ९७४
नेकपा (एमाले) ४३२
नेपाली कांग्रेस ३६९
माओवादी केन्द्र २८०
अन्य ११९४
कूल ३२४९

गाउँपालिकाको उपाध्यक्ष पदमा एमाले सबैभन्दा अगाडि देखिन्छ । त्यसपछि स्वतन्त्र उम्मेद्वारहरुको मनोनयन परेको छ । नेपाली कांग्रेस तेस्रो स्थानमा छ ।

गाउँपालिका उपाध्यक्ष
दलको नाम उम्मेद्वारी संख्या
नेकपा (एमाले) ४२७
स्वतन्त्र ३४३
नेपाली कांग्रेस ३३८
माओवादी केन्द्र २९८
अन्य ८८३
कूल २२८९

देशभरका गाउँपालिका र नगरपालिकाको वडाध्यक्ष पदमा एमाले र त्यसपछि नेपाली कांग्रेसको उम्मेद्वारी परेको छ । त्यसपछि स्वतन्त्र उम्मेद्वार अनि माओवादी केन्द्र छन् ।

वडाध्यक्ष
दलको नाम उम्मेद्वारी संख्या
नेकपा (एमाले) ६०१५
नेपाली कांग्रेस ५५६१
स्वतन्त्र ५३३६
माओवादी केन्द्र ३९८४
अन्य १११२५
कूल ३१९९५

हरेक वडामा दुई जनाका दरले रहने वडा सदस्य पदमा सबैभन्दा बढी उमेद्वारी परेको छ ।

वडा सदस्य
दलको नाम उम्मेद्वारी संख्या
नेकपा (एमाले) ११५६९
नेपाली कांग्रेस १०६२०
माओवादी केन्द्र ७५४२
राप्रपा ४२२२
अन्य १४८६७
कूल ३१९९५

महिला वडा सदस्यमा पनि एमालेको उम्मेद्वारी बढी देखिन्छ । त्यसपछि कांग्रेस र माओवादी केन्द्र परेका छन् ।

महिला वडा सदस्य
दलको नाम उम्मेद्वारी संख्या
नेकपा (एमाले) ५७८४
नेपाली कांग्रेस ५३७६
माओवादी केन्द्र ३६४४
राप्रपा १८८७
अन्य ६६३८
कूल २३३२९

अनुपातका हिसाबले सबैभन्दा कम उम्मेद्वारी परेको दलित महिला वडा सदस्य पदमा करिव तेब्बरको हाराहारीमा उम्मेद्वारी परेको देखिन्छ ।

दलित महिला वडा सदस्य
दलको नाम उम्मेद्वारी संख्या
नेकपा (एमाले) ५६२२
नेपाली कांग्रेस ५१४९
माओवादी केन्द्र ३४१७
राप्रपा १५०१
अन्य ५४२६
कूल २१११५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?