+

चिलिनीले सन्यास लिने

२०७९ वैशाख  १३ गते ८:४४ २०७९ वैशाख १३ गते ८:४४
चिलिनीले सन्यास लिने

१३ वैशाख, काठमाडौं । इटालियन डिफेन्डर जर्जियो चिलिनीले आगामी जुनमा अर्जेन्टिनाविरुद्ध वेम्बलीमा हुने खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

३७ वर्षीय चिलिनीले इटलीका लागि ११६ खेल खेलेका छन् । तर, कतार विश्वकपका लागि उनी सम्मिलित इटली यस पटक छनोट हुन सकेन ।

वेम्बलीमा आफ्नो करियरकै उच्च सफलता प्राप्त गरेको भन्दै चिलिनीले अब त्यहीँबाट सन्यास लिने मनसया व्यक्त गरेका हुन् ।

‘म वेम्बलीमा राष्ट्रिय टिमलाई गुड बाइ भन्छु,’ चिलिनीले सिरी ए मा ससुलोविरुद्धको खेलपछि डिएजेडएनसँग भने । ‘जहाँ (वेम्बलीमा) मैले युरो जितेर करियरको उच्च अनुभव गरें ।’

चिलिनीकै कप्तानीमा इटालीले गत वर्ष युरो-२०२० को फाइनलमा इंग्लयाण्डलाई वेम्बलीमा उपाधि जितेको थियो ।

सन् २००४ मा इटलीका लागि डेब्यु गरेका चिलिनी इटलीका लागि सर्वाधिक खेल खेल्नेमा आन्द्रे पिर्लोसँगै संयुक्त रुपमा पाँचौ स्थानमा छन् । ड्यानिएल डे रोसी, पाउलो माल्दिनी, फाबियो कानभारो र जियानलुगी बफोनले मात्र चिलिनी भन्दा बढी खेल खेलेका छन् ।

जर्जियो चिलिनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय