+
+

काठमाडौंको गोकर्णेश्वरमा कांग्रेस एक्लै प्रतिस्पर्धामा, माओवादी र समाजवादीको तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते ७:५५
नेपाली कांग्रेसका मेयर उम्मेदवार दीपक रिसाल र उपमेयर उम्मेदवार शान्ति नेपाल

१३ वैशाख, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस सत्ता गठबन्धन दलहरुसँग तालमेल नगरी प्रतिस्पर्धामा उत्रिएको छ । गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने तालमेल गरेका छन् ।

गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को सचिवसमेत रहेका दीपक रिसालले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा कांग्रेसकी शान्ति नेपाल प्रतिस्पर्धामा छिन् ।

नेपाल २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेपाल उपमेयर पदमा निर्वाचित भएकी थिइन् । २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पद कांग्रेसले जितेको थियो ।

गोकर्णेश्वर नगरपालिकामा सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्रल र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीबाट गोपाल बराल मेयरको उम्मेदवार छन् भने माओवादी केन्द्रका पेमाछिरी शेर्पा उपमेयरको उम्मेदवार छन् ।

माओवादी केन्द्रले वडा नम्बर १,२, ३, ५, ७ र ९ तथा एकीकृत समाजवादीले ४, ६ र ८ नम्बर वडा लिएर सिट बाँडफाँट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?