+
+

मनाङमा २०९ जना उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते ११:१२

१३ वैशाख, लमजुङ । स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २०९ जनाको उमेदवारी परेको छ । चार गाउँपालिकाको जनप्रतिनिधिका लागि २०९ जनाको उमेदवारी परेको हो । अध्यक्षका लागि ९ जनाको उमेदवारी परेको छ । उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एक जनाको मात्र मनोनयन परेको छ ।

मनाङका वडाअध्यक्षका लागि ४८ जनाको उमेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलित महिला सदस्यका लागि २२ जना र खुला सदस्यका लागि ८२ जनाको उमेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा २६ जना, चामे गाउँपालिकामा ४२ जनाको उमेदवारी परेको छ । नासों गाउँपालिकामा ६८ जनाको उमेदवारी परेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा ७३ जनाको उमेदवारी परेको छ ।

नार्पाभूमिमा मिङमर फुन्चो लामाको उम्मेदवार

मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिङमर फुन्चो लामाको मात्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले नार्पाभूमिमा टेलिफोन सम्पर्क नभएको र निर्वाचन आयोगबाट लिइएको तथ्यांक अनुसार उपाध्यक्षमा १ जनाको मात्रै उम्मेदवारी परेको बताए ।

निर्विरोध लामा यसअघि वडा नं. २ को अध्यक्ष थिए । एमालेले अध्यक्षमा उठाउने निर्णय गरे पनि पछि उनले उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । अध्यक्षमा कांग्रेसबाट हालका अध्यक्ष कोन्जो तेन्जिन लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेदवारी परेको छ ।

कृष्णबहादुर लामाले कांग्रेसमा बागी उम्मेदवारी दिएका छन् । वडा नं. १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भएका छन् । नेकपा एमाले समर्थित तर, स्वतन्त्रबाट वडा नं. ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेजे लामाको मात्र मनोनयन दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?