+
+

पार्टीका सबै गुट उस्तै भए, राजनीति मेरो उपयुक्त फिल्ड रहेन : गुरुराज घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते ११:२१

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरले पार्टीमा बस्ने अवस्था नरहेको बताएका छन् ।

सक्रिय राजनीतिबाट बिदा लिने मनसायमा पुगेको पूर्वकेन्द्रीय सदस्य घिमिरेले बताए । ‘राजनीति मेरो लागि उपयुक्त फिल्ड भएन । पार्टीको एउटा गुटले ढोका थुनेको थियो’ घिमिरेले अनलाइनखबरसँग भने, ‘अर्कोले पनि ढोका थुनेपछि के गर्ने?’

पार्टीको संस्थापनइतरका नेता डा शेखर कोइराला निकट रहेका उनी उक्त समूहप्रति पनि असन्तुष्ट देखिए । ‘पार्टीमा मुल्य पद्धति छैन । राय परामर्श कसैको लिइँदैन’ घिमिरेले भने, ‘यस्तो भएपछि निस्क्रिय बस्नुको विकल्प बाहेक के रहृयो ?’

पार्टीमा रहेका सबै समूह उस्तै रहेको उनले आरोप लगाए । कार्यकर्तालाई अन्याय भयो भनि बोलिदिने नेता पार्टीमा नरहेको उनको निचोड छ ।

स्थानीय तहको निर्वाचन लगत्तै राजनीतिबाट अलग बस्न सक्ने उनले बताए । ‘केही निष्ठावान साथीहरूले टिकट पाउनुभएको छ । उहाँहरूलाई जिताउन लाग्छु । त्यसपछि केही निर्णय अवश्य लिन्छु ।’

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष रहेका घिमिरे प्रदेश १ को कांग्रेस सभापतिमा पराजय भोगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?